राजनीति

एमाले हामी हौं, ओलीले प्रचार गरे पनि : माधव नेपाल

'ओली र जबजको भेट कहिले भएको थियो ?’

इकागज |
चैत १०, २०७७ मंगलबार १४:३३ बजे

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरू रहेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नेता नेपालले केपी शर्मा ओलीले त्यसको प्रचार गरिरहेको बताए । उनले ओलीको भ्रमबाट पनि आम कार्यकर्ता र जनतालाईमुक्त गर्नुपर्ने उनको भनाइ छ ।

‘९औंं महाधिवेशनमा विचार हाम्रो पास भएको थियो,’ उनले भने, ‘ नेता बन्न पुगे ओली । उनले आज पार्टीलाई विघटनको दिशामा लाँदैछन् । छिन्नभिन्न बनाएका छन् । ओलीको भ्रमबाट धेरैलाई मुक्त गर्नुपर्छ । कार्यकर्ता र जनतालाई मुक्त गर्नुपर्छ । एमाले हामी हौं । ओलीले प्रचार गरे पनि । जबजको हकदार हामी हौं । ओलीले प्रचार गरे पनि । जबज र ओलीको कहिले भेट भएको थियो । जबजको मान्यतामा अघि बढेका छन् ?’


जनताको भावना र राष्ट्रिय राजनीतिको नाडी समाउन नसकिए कम्युनिष्ट इतिहास बन्ने उनको भनाइ छ । ‘राष्ट्रिय राजनीतिको नाडी समाउन सकिएन, देश र जनताको मनोभावना बुझ्न सकिएन भने त्यस्ता पार्टीहरू इतिहासको विषय बन्छ । जनताको भावना र राष्ट्रिय आवश्यकता जसले बुझ्न सकेन ती देशमा कम्युनिष्ट पार्टीको अवसान भइसकेको छ । हामी त्यो बाटोमा जाने होइन ।’
 


Author

थप समाचार
x