स्थानीय तह निर्वाचन २०७९

रौतहटको कटहरियामा कांग्रेसका उम्मेदवार विजयी

इकागज |
जेठ ७, २०७९ शनिबार १:४३ बजे

काठमाडौं । वैशाख ३० मा भएको निर्वाचनमा रौतहटको कटहरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवारले बाजी मारेका हुन्। 

मेयरमा कांग्रेसका अजय प्रकाशले ७ हजार १७२ मतसहित निर्वाचित भए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सियारामप्रसाद कुशहवाले ४ हजार ५७७ मत पाए ।
तेस्रोमा नसरुद्धिन अन्सारी भए । माओवादी केन्द्रका उम्मेदवार उनले ३४४० मत प्राप्त गरेका थिए ।


त्यस्तै उपमेयरमा पनि कांग्रेसकै रितादेवीले ७ हजार ५२० मत पाएर विजय हासिल गरिन्् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी कुन्ती देवीले ४ हजार ५३७ मत पाइन् । तेस्रोमा जनता समाजवादी पार्टी, नेपालका जितेन्‍द्र प्रसाद यादव भए । उनले  ११५६ मत पाए ।


Author

थप समाचार
x