स्थानीय तह निर्वाचन २०७९

हालसम्म कुन पार्टीले कति पालिका जिते ?

इकागज |
जेठ ७, २०७९ शनिबार ४:५५ बजे

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अझै मतगणना जारी छ । ५ महानगरसहित केही पालिकाहरुको अन्तिम मत परिणाम आउने क्रम जारी छ। ६८२ स्थानीय तहको मत परिणाम सार्वजनिक भएसँगै कांग्रेसले प्रमुख पदमा विजयी भएको भएको पालिकाको संख्या ३ सय ३ पुगेको हो ।

हालसम्म ७५३ पालिकामध्ये ६८२ पालिकाको अन्तिम मत परिणाम आएको छ। यीमध्ये एउटा मात्रै महानगरको परिणाम आएको हो । शनिबार विहान घोषणा भएको विराटनगरको मेयरमा कांग्रेसका नागेश कोइराला विजयी बने । यो महानगरसहित २३७ नगरपालिका र ४४५ गाउँपालिकाको अन्तिम परिणाम आएको हो ।
नेपाली कांग्रेसले सबैभन्दा बढी एक महानगरसहित ११९ नगरपालिका र १८४ गाउँ पालिकामा प्रमुख पद जितेको छ। उसले २०७४ को एमलेको रेकर्डसमेत तोडिसकेको छ । कांग्रेस अझै २२ स्थानमा अगाडि रहेको छ ।


त्यस्तै नेकपा एमालेले १८६ स्थानमा जित हासिल गरेको छ । एमाले १८ स्थानमा अगाडि छ । ६५ नगर र १२१ गाउँपालिकासहित १८६ पालिकामा एमालेले प्रमुख पद जितेको हो । 

तेस्रोमा माओवादी रहको छ । उसले ११७ स्थानीय तहमा आफ्नो उम्मेदवार जिताएको छ । तथ्यांकअनुसार नेकपा माओवादी केन्द्रले २१ नगरपालिका र ९६ गाउँपालिका जितेको हो । माओवादीले ७ स्थानमा अग्रता कायम गरेको छ । 

जसपाले २३ स्थान जित्दा १० ठाउँमा अग्रता लिएको छ भने नेकपा एकीकृत समाजवादीले १ उपमहानगरसहित १६ वटा पालिकामा प्रमुख पद जितेको छ। एसले हेटौंडा जितेको हो । 


Author

थप समाचार
x