अर्थ / बाणिज्य

सरकारले आज बजेट ल्याउँदै

इकागज |
जेठ १५, २०८० सोमवार ७:८ बजे

काठमाडौँ- आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज अपरान्ह ४ बजे सार्वजनिक हुँदैछ । राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि तोकिएको सीमाभित्रै रहेर करिब १७ खर्बको बजेट ल्याउने तयारी गरेको छ । 


राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि अधिकतम १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ । 

जेठको १५ गते नै बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था रहेको छ ।

जेठ ५ गतेको नीति तथा कार्यक्रम गत शनिबार पारित भएको थियो ।


Author

थप समाचार
x