अर्थ / बाणिज्य

अविता सिरिजको ल्यापटप नेपालमा

इकागज |
मंसिर १४, २०७८ मंगलबार १८:२३ बजे

काठमाडौँ – नेपाली बजारमा अविताले नयाँ ल्यापटप सार्वजनिक गरेको छ । अमेरिका, मलेसिया, भारत लगायतका देशमा बजार विस्तार गरेको अविताले नेपालमा पनि आफ्नो प्रडक्ट विक्री सुरु गरेको हो ।

अविताले नेपाली बजारमा आफ्नो पकड जमाउन विशेष गरी जीवन्त रंगमा डिजाइन गरिएको र विशिष्ट विशेषता भएको ल्यापटपहरू नेपाली बजारमा ल्याएको जनाएको छ । यो ब्राण्डका ल्यापटप हल्का, अल्ट्रा-पोर्टेबल र अपुर्व विशेषताले भरिपुर्ण रहेकोले युवा वर्गलाई आकर्षित गर्ने विश्वासमा कप्पनी रहेको जनाएको छ । अविताको ‘एसेन्शियल’, ‘म्यागस २–इन–१’ र ‘प्यूरा ई’ सिरिजका अतिरिक्त ‘रेड डट डिजाइन’ अवार्ड विजेता २०२१ -‘लाइवर भी १४’ ल्यापटप नेपालमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


नेक्स्टजिओ कम्पनीका सीईओ एलेक्स चुङले हिमालयको देशमा आफ्नो ब्रान्ड ल्याउन पाउँदा खुसी लागेको बताए । उद्घाटन समारोहमा बोल्दै अविताका क्षेत्रिय व्यापार निर्देशक सीमा भटनागरले भने 'अविताका नयाँ ल्यापटप शृङ्खलालार्ई नेपालका प्राविधिक प्रयोगकर्ता माझ ल्याउन पाउँदा अत्यन्त उत्साहित छौँ'।


Author

थप समाचार
x