फुटबल

नेपालको फिफा वरीयतामा सुधार

इकागज |
असोज २०, २०७९ बिहिवार १५:५७ बजे

काठमाडौँ- नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको फिफा वरीयतामा सुधार भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल एक स्थानमाथि उक्लिएको हो ।

नयाँ वरीयतामा नेपाल १ सय ७५ औँ स्थानमा रहेको छ । यसअघि नेपाल १ सय ७६ औँ स्थानमा रहेको थियो ।


एसियामा भने नेपाल ३५ औँ स्थानमा रहेको छ । दक्षिण एसियाली मुलुकमा नेपाल तेस्रो स्थानमा छ ।

दक्षिण एसियाली राष्ट्र भारत भने १ सय ६ औँ, माल्दिभ्स १ सय ५४ औँ, भुटान १ सय ८५ औँ, बंगलादेश १ सय ९२ औँ, पाकिस्तान १ सय ९४ औँ तथा श्रीलंका २ सय ७ औँ स्थानमा रहेका छन् ।

नेपालले असोज ११ मा भएको फिफा मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको थियो ।


Author

थप समाचार
x