संसद्

ओलीलाई प्रचण्डको चुनौतीः एक्लै प्रधानमन्त्री बनेर देखाउनुस् त

दुईपटक माओवादीको बैशाखी टेकेर ओली प्रधानमन्त्री बनेकाे दाबी

इकागज |
जेठ १४, २०७९ शनिवार १२:११ बजे

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन् । शनिबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले दुई पटक माओवादीले ओलीलाई प्रधानमन्त्री बनाइ दिएको बताए ।

‘तपाई(केपी ओली)लाई दुई चोटी प्रधानमन्त्री बनाइ दिएको हो । माओवादीको बैशाखी टेकेर तपाई दुईचोटी प्रधानमन्त्री बन्नुभएको होइन ? माओवादी केन्द्रकै सहयोगमा प्रधानमन्त्री हुनुभएको उहाँ। एक्लै भएको छु भन्ने ठान्नुभएको छ भने त्यो भ्रम हटाइदिनोस्। तपाईं एक्लै प्रधानमन्त्री हुनुभएकै छैन,' प्रचण्डले भने, ‘एक्लै अब बनेर देखाउनुस् त । आगामी चुनावमा एक्लै प्रधानमन्त्री बनेर देखाउनुस् त ।'
 


 


Author

थप समाचार
x