राजनीति

चुनावी पद्धतिमाथि कर्णको प्रश्न– पैसा खर्च गरेर जितिन्छ भने डेमोक्रेसी रहन सक्छ ?

इकागज |
जेठ १४, २०७९ शनिबार १३:१६ बजे

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक लक्ष्मणलाल कर्णले अहिले मुलुकमा अभ्यास भइरहेको चुनावी पद्धतिमाथि प्रश्न गरेका छन् । सरकारले मंगलबार पेश गरेको नीति तथा कार्यक्रमाथि संसद्मा‍ चलिरहेको छलफलमा बोल्दै उनले चुनावी पद्धति पुनरावलोकन गर्न आवश्यक बताए । 

उनले अहिलेको निर्वाचन पद्धतिमा एउटा उम्मेदवारले पैसा खर्च गरेकै कारण चुनाव जित्न सक्ने भएकाले यो लोकतन्त्रका लागि घातक रहेको टिप्पणी गरे । ‘जसले व्यापार गर्छ, म भन्दिनँ उसले लिगल–इलिगल के व्यापार गर्ला । उसले पैसा खर्च गरिकन जित्छ भने डेमोक्रेसी रहन सक्छ ?’ उनले भने, ‘यो पद्धतिमाथि हामीले पुनरावलोकन गर्ने कि नगर्ने ? यदि हामीले लोकतन्त्रलाई बनाउने हो भने यो आजको अवस्थाको यो सिस्टमलाई हेर्न आवश्यक छ ।’


उनले देश संघीय चुनावमा जानुअगाडि यस विषयउपर ध्यान दिनुपर्ने बताएका छन् । 


Author

थप समाचार
x