खेलकुद

टाइगर कप भलिबल च्याम्पियनसिप : रवि र सरस्वती सर्वोत्कृष्ट

इकागज |
माघ १४, २०७९ शनिबार १९:३६ बजे

पोखरा- पोखरामा जारी तेस्रो टाइगर कप महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा रवि केसी र सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
गण्डकीका रवि पुरुषतर्फ र नेपाल एपिएफ क्लबकी सरस्वती सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । 

च्याम्पियनसिपमा उत्कृष्ट सेटरमा महिलातर्फ न्यु डायमण्डकी ललिता नाथ र पुरुषतर्फ गण्डकीका विवश आले मगर भए ।


यस्तै डिफेन्सतर्फ आर्मीकी सरस्वती जैसी र एपिएफका विनोद चन्द भए । सर्भरतर्फ महिलामा गण्डकीकी अरुण शाही र पुरुषतर्फ गण्डकीकै घनश्याम चौभरी चुनिए । यस्तै वेष्ट ब्लकरमा महिलातर्फ आर्मीकी संगम महतो र पुरुषतर्फ गण्डकीका नितिन रहे ।

महिलातर्फ एपिएफकी निरुता ठगुन्ना र पुरुषतर्फ एपिएफका टेकराज अवस्थी वेष्ट स्पाइकर बने । वेष्ट कोचमा महिलातर्फ एपिएफका महेश चौधरी र पुरुषतर्फ गण्डकीका रमेश केसी चुनिए ।

च्याम्पियनसिपको सर्वोत्कृष्ट रवि र सरस्वतीले जनही २५ हजार रुपैयाँ र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गरे ।


Author

थप समाचार
x