विश्व

दक्षिण अफगानिस्तानमा दुर्घटना : नौ जनाको मृत्यु, ३१ घाइते

इकागज |
जेठ २५, २०८० बिहीबार १५:५२ बजे

फाइल फोटो

काबुल - अफगानिस्तानको दक्षिणी जाबुल प्रान्तमा बिहीबार भएको सडक दुर्घटनामा कम्तीमा नौ यात्रुको मृत्यु हुनुका साथै अन्य ३१ जना घाइते भएका छन् ।

प्रान्तीय राजधानी कलात शहरमा यात्रुबाहक बस विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनसँग ठोक्किँदा बालबालिका र महिलासहित नौ जनाको घटनास्थलमै मृत्यु भएको र ३१ जना घाइते भएका प्रान्तीय प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको विज्ञप्तिमा उल्लेख छ ।


बुधबार साँझ अफगानिस्तानको उत्तरी सारी पुल प्रान्तमा यात्री बोकेको एउटा मिनीबस खाल्डोमा खस्दा २४ जनाको मृत्यु भएको थियोभने सोही दिन बिहान मध्य बामियान प्रान्तमा भएको सडक दुर्घटनामा महिला र बालबालिकासहित १५ जना यात्री घाइते भएका थिए ।
    
यात्राको क्रममा सडक सुरक्षा उपाय नअपनाइने युद्धग्रस्त अफगानिस्तानमा भीडभाड भएका सडकमा लापरवाहीपूर्ण ढङ्गले सवारी चलाउँदा प्रायः गम्भीर प्रकृतिका दुर्घटना हुने गरेका छन् ।
 


Author

थप समाचार
x