नेकपा एमाले १०औँ महाधिवेशन

वरिष्ठ उपाध्यक्ष पदमा नउठ्‍न नेम्वाङलाई ओलीको दबाब, उपराष्ट्रपति बन्‍न प्रस्ताव !

इकागज |
मंसिर ११, २०७८ शनिबार १२:२८ बजे

फाइल तस्बिर

सौराहा- एमाले अध्यक्ष केपी ओली पदाधिकारी व्यवस्थापनमा लागेका छन् । जसकारण बन्दसत्रमा ढिलाइ भएको छ ।

सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले नेम्वाङलाई उपराष्ट्रपति बन्न प्रस्ताव गरेको चर्चा छ ।


शुक्रबार महाधिवेशनस्थलमा बसेको केन्द्रीय कमिटीले थपेको पदाधिकारीमा कुन व्यक्तिलाई कहाँ राख्‍ने भन्ने टुंगो ओलीले सफारी पार्कबाट लगाउने भएका छन् ।

ओली बसेको होटल सफारी पार्कमै अहिले पदाधिकारी बैठक बस्दै  छ । जसकारण बन्दसत्र अझै लम्बिने देखिएको छ ।

शनिबार बिहान १० बजे सेभन स्टारमा सुरू हुने भनिएको बन्दसत्र साढे ११ बजिसक्दा पनि सुरू भएको छैन । प्रतिनिधिहरू सबै ओलीलाई कुरिरहेका छन् । 

हिजो पनि ८ बजे केन्द्रीय कमिटी बोलाएर ओली राति ११ बजे पुगेका थिए ।


Author

थप समाचार
x