नेकपा एमाले १०औँ महाधिवेशन

अध्यक्षमा उम्मेद्‌वारी दिएका रावलको प्रतिक्रिया : मैले जिते आगामी चुनावमा पार्टीलाई बहुमत दिलाउँछु

इकागज |
मंसिर १३, २०७८ सोमबार ९:५ बजे

सौराहा- नेकपा एमालेको अध्यक्षमा उम्मेद्‌वारी दिएका भीमबहादुर रावलको आफूले जितेमा आगामी आमनिर्वाचनमा पार्टीलाई बहुमत दिलाउने बताएका छन् । रावलले सोमबार बिहान उम्मेद्‌वारी दर्ता गराइसकेका छन् ।

‘पार्टी नेतृत्वका लागि कसैले घोषणा गर्दैमा हुँदैन ।  त्यसैले उम्मेद्‌वारी दर्ता गरे,’ उनले भने, ‘हरेक प्रतिनिधिलाई आफूलाई मन लागेको पदमा उठ्ने अधिकार छ । मैले त्यही अधिकार प्रयोग गरेर उम्मेद्‌वारी दिएको हुँ ।’


रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाइँ, समर्थकमा दुधकला विष्ट रहेका छन् ।


Author

थप समाचार
x