नेकपा एमाले १०औँ महाधिवेशन

एमाले उपाध्यक्षमा घनश्याम भुसालको उम्मेद्‌वारी

इकागज |
मंसिर १३, २०७८ सोमबार ९:९ बजे

फाइल तस्बिर

सौराहा- नेकपा (एमाले) उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेद्‌वारी दिएका छन् । भुसालले सोमबार बिहान उम्मेद्‌वारी दर्ता गराएका हुन् ।

अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन । 


उपाध्यक्ष भीम रावलले पनि यसअघि आजै अध्यक्षमा उम्मेद्‌वारी दिइसकेका छन् ।


Author

थप समाचार
x