नेकपा एमाले १०औँ महाधिवेशन

अपडेट

एमाले मतदान सकियो

इकागज |
मंसिर १४, २०७८ मंगलबार ११:१९ बजे

चितवन- नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ ।  मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको मतदानमा करिब २ हजार १ भन्‍दा बढी मत खसेको छ ।  निर्वाचन अधिकृत हरिशरण दाहालका अनुसार आज बिहान १०:४५ बजेसम्‍म दुई हजार ८५ जनाले मत दिएका थिए । त्यसपछि पनि मत खसेको आयोगले जनाएको छ । मतदान भर्खरै सकिएको हो ।

उनका अनुसार एक घण्टापछि मतगणना हुने र चार घण्टामै परिणाम आउनेछ । दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो । अध्यक्ष केपी शर्मा ओली र भीम रावल समूह नेतृत्वमा प्रतिस्पर्धामा छन् । 



Author

थप समाचार
x