नेकपा एमाले १०औँ महाधिवेशन

एमाले महाधिवेशन लम्बिँदा एक करोड ५० लाख खर्च बढ्यो

इकागज |
मंसिर १४, २०७८ मंगलबार १४:२३ बजे

काठमाडौँ - नेकपा एमलेको १० औं महाधिवेशन दुई दिन लम्बिँदा डेढ करोड खर्च बढेको छ । एमालेले सात करोड ५० लाखमा महाधिवेशन सक्ने योजना बनाएको थियो । 

तर महाधिवेशन निर्वाचन प्रक्रियामा जाँदा दुई दिन बढी समय लागेकोले डेढ करोड खर्च बढेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । 


'महाधिवेशन लम्बिँदा खान बस्न एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ।' 

एमाले महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने तय भएको थियो । महाधिवेशनबाट नयाँ नेतृत्व चयन निर्वाचन प्रक्रियाबाट हुने भएपछि मंसिर १३ र १४ गतेसम्म लम्बिएको हो । आज मतपरिणामा सार्वजनिक भएसँगैं एमालेको १० औं महाधिवेशन सकिनेछ । 


Author

थप समाचार
x