नेकपा एमाले १०औँ महाधिवेशन

एमाले महाधिवेशन- १७ बुँदे घोषणापत्र जारी

इकागज |
मंसिर १४, २०७८ मगलवार १८:६ बजे

चितवन - चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । 

नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फबाट तयार भएको घोषणापत्र वाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ । 


१० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो । 

घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आव्हान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिबद्धता छ । 

घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकताबद्ध हुन आव्हान गरिएको छ । निर्वाचन आयोगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेको छैन । 

मत परिणाम र सपथग्रहण पछि विधिवत समापनको घोषणा गरिने छ ।


Author

थप समाचार
x