प्रवास

जापानको टोकियोस्थित खोलामा डुबेर दुई नेपाली किशोरको मृत्यु

इकागज |
असार ६, २०७९ सोमबार ६:२० बजे

टोकियो - जापानको टोकियोस्थित खोलामा डुबेर दुई जना नेपाली किशोरको मृत्यु भएको छ । टोकियोमा पर्ने तामागावामा खोलामा पौडी खेल्न गएका तीन नेपालीमध्ये दुईको डुबेर मृत्यु भएको टोकियो महानगरीय प्रहरी कार्यालयले जनाएको छ । 

आइतबार साझँ साढे ५ बजे तिरखोलामा खेलिरहेका २ जना साथी धेरै बेरसम्म बाहिर ननिस्किएपछि संगै गएका साथीले आकस्मिक सेवामा फोन गरेर जानकारी गराएका थिए ।


मृत्यु भएका १३ वर्ष र १४ वर्षको २ जना नेपाली किशोर रहेको र उद्धार गरेर अस्पातल लैजाँदै गर्दा मृत्‍यु भएको समेत प्रहरीले जनाएको छ ।संगै गएका ९ वर्षका अर्का बालक भनेँ सकुशल रहेको बताइएको छ ।

उनीहरूको पहिचान भने खुलाइएको छैन । त्यहाँस्थित नेपालीले उनीहरू नेपालको बागलुङतिरका किशोर भएको बताए पनि प्रहरीले आधिकारिकरूपमा पुष्टि गरेको छैन । 


Author

थप समाचार
x