प्रवास

पोर्चुगलमा क्यान्सरबाट एक नेपालीको मृत्यु

इकागज |
असार ८, २०७९ बुधबार १०:२४ बजे

सांकेतिक तस्बिर

लिस्बन- पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो ।

शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको शेर्पा किदुग पोर्चुगलका सल्लाहकार धन शेर्पाले जानकारी दिए । उनको शव नेपाल पठाउने तयारी भइरहेको छ ।


बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो । उनी वैदेशिक रोजागारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल आएका थिए । गत साता पनि  चितवनका एक युवकको तालमा डुबेर मृत्यु भएको थियो । रासस


Author

थप समाचार
x