प्रवास

नेपाली कम्युनिटीले खानागावामा नवप्रवेशी विद्यार्थीलाई जानकारी दिने उदेश्‍यले गरे स्वागत

संगीता कुँवर |
साउन ३, २०७९ मंगलबार ११:९ बजे

जापान- कोभिडका कारण लामो समय रोकिएर भिसा प्राप्त गरे पनि २ वर्षपछि एकै पटक धेरै नेपाली विद्यार्थी जापान प्रवेश गरेका छन् । नयाँ विद्यार्थीको प्रवेशसँगै आत्महत्याका घटना पनि बढेपछि यहाँको अवसरबारे नेपाली कम्युनिटीले नयाँ विद्यार्थीलाई स्वागत एवम् जानकारी दिने कार्यक्रम आयोजना गरेका छन् । एक्लोपन, काम नपाउनु, कसैको सहयोग नहुनु, भाषाको अभावले आत्महत्याका घटना बढेपछि स्वागत एवम् जानकारी दिने कार्यक्रम आयोजना गरेका हुन् ।

नवप्रवेशी विद्यार्थीहरूलाई जानकारीको अभाव नहोस् र यहाँको अवस्था अवसर र चुनौतीबारे जानकारी होस् भनेर कार्यक्रम आयोजना गरिएको बताइएको छ ।


आइतबार खानागावाको खानकोकु खाईगानमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली दूतावास जापानका कार्यबाहक राजदूत अम्बिका जोशीले सपना बोकेर जापान आएका विद्यार्थी सुरुमै नआत्तिन, मनमा धेरै नसोच्‍न अनुरोध गरे । जापान अवसरको देश भएको भन्दै मेहनत गर्नेहरूको रिजल्ट पनि सकरात्मक हुने भएकाले नयाँ विद्यार्थीलाई पढाईमा मेहनत गर्न सुझाव दिए ।

त्यस्तै २ दशकभन्दा बढी समय जापानमा बिताएका खानागावा प्रफेक्चरको सल्लाहकारसँगै सरकारी कर्मचारी कार्यक्रमका प्रमुख वक्ता जिज्ञान कुमार थापाले जापानमा भाषाको स्तर विकाससँगै आफ्नो समय बढी जापानका कुरा सिक्न जापानी समुदायसँग नजिक बन्‍न सुझाव दिए । त्यसले भाषा सिक्ने अवसरसँगै जापानको संस्कृति संस्कार सिकिने र काम गर्दा सहज हुने बताए । थापाले जापानमा नियमको पालना,समयको पालना र आफूले गरेको वाचाको पालना गर्न अहिलेदेखि सिक्दै प्राकृतिक विपत्तिका बे जान्नुपर्ने कुराको बारेमा पनि जानकारी लिन अनुरोध गरे ।

एनआरएनए जापानका उपाध्यक्ष संगीता अधिकारी सुवेदी, अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रीय निवर्तमान अध्यक्ष प्रकाश पौडेल ‘माईला’, पुर्व विद्यार्थी राजेन्द्र पौडेल जापानी नागरिक तानाका कोउहेइले पनि आफ्ना अनुभवसँगै सुझाव दिए । कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको अध्यक्षता कार्यक्रम भएको थियो ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x