प्रवास

नागरिकता विधेयक पारित भएपछि मातृभूमिप्रतिको दायित्व बढ्यो : संघ

इकागज |
साउन १३, २०७९ शुक्रबार २१:४९ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संघीय संसद्को दुवै सदनबाट नागरिकता विधेयक पारित भएसँगै ‘एक पटकको नेपाली, सधैको नेपाली’ भन्ने नाराले सार्थकता पाएको जनाएको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै विधेयक पारित भएपछि गैरआवासीय नेपालीको मातृभूमिप्रतिको दायित्व अझै बढेको महसुस भएको जनाएको हो । 

    नेपालको संविधानको २०७२ को धारा १४ मा गैरआवासीय नेपालीलाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिने व्यवस्था छ । सो नागरिकता पाउने व्यक्तिलाई आमनेपाली सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त हुनेछ । त्यस्तो नागरिकता पाउने व्यक्तिले मतदान गर्न पाउने छैनन् । 
    
    यसबाट संसारभरि रहेका नेपालीलाई मातृभूमिसँग जोड्नुका साथै विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपाल भित्र्याउन पनि मार्गप्रशस्त गर्ने र समृद्ध नेपाल निर्माणमा थप टेवा पुग्ने संघको विश्वास छ । संघले विधेयक पारित गर्न सहयोग गर्ने सम्पूर्णमा आभार प्रकट समेत गरेको छ ।



Author

थप समाचार
x