प्रवास

आबे हत्या प्रकरण : कमजोरी भएको भन्दै प्रहरी प्रमुखले दिए राजीनामा

संगीता कुँवर |
भदौ १०, २०७९ शुक्रबार ९:५ बजे

जापान- जापानका पुर्व प्रधानमन्त्री सिञ्जो आबे हत्या प्रकरणका कारण जापानका प्रहरी प्रमुखले राजीनामा दिएका छन् । राष्ट्रिय प्रहरी विभागका प्रमुख इतारु नकामुराले बिहीबार राजीनामा घोषणा गरेका हुन् ।

गत महिना पुर्व प्रधानमन्त्री आबेलाई जापानको नारा सहरमा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा गोली हानी हत्या भएको घटनाको जिम्मेवारीको विषयमा कमजोरी भएको भन्दै राजीनामा दिने घोषण गरेका हुन् ।


प्रहरी सुरक्षामा केही सेकेण्डको त्रुटीका कारण आबेको हत्या भएको भनी आएको प्रतिवेदन सार्वजनिक भएपछि उनले राजीनामा घोषणा गरेका थिए । यो घटना निकै गम्भीर रुपमा लिएको बताउँदै उनले बिहीबार राजीनामा पत्र बुझाएका छन्  । उनको राजीनामालाई मन्त्रिपरिषद्को बैठकले पारित गर्नेछ ।

गत जुलाई ८ तारिख पुर्व प्रधानमन्त्री आबेको गोली हानी हत्या भएको थियो । आउने महिना सेप्टेम्बर २७ मा आबेको राजकिय अन्त्येष्टि गरिँदैछ । सो अन्त्येष्टिमा विभिन्न देशका उच्च तहका व्यक्तिसहित ६ हजार ४ सय जना सहभागी हुने अपेक्षा गरिएको छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x