प्रवास

नेपालमा जाइकाको ५० वर्ष, योकोहामामा फोटो प्रदर्शनी (तस्बिरहरू)

संगीता कुँवर |
भदौ १७, २०७९ शुक्रबार १३:५ बजे

जापान- जाइकाबाट जापानी स्वयंसेवक नेपाल जान थालेको पाँच दशक भएको छ । ५० औँ वर्ष पुगेको अवसरमा जाइका योकोहामाले अहिलेसम्म विभिन्‍न सिप तालिमको सिलसिलामा नेपाल पुगेका स्वयंसेवकहरूले खिचेका फोटोलाई जम्मा गरेर फोटो प्रदर्शनी गरिरहेको छ ।


योकोहामाको जाइकाको कार्यालयमा गरिएको छ । आजदेखि सुरु भएको फोटो प्रदर्शनी २९ तारिकसम्म चल्नेछ । फोटो प्रदर्शनीमा खानागावा नेपाली कम्युनिटीले जापानमा गरेका कामको समेत फोटो राखिएको छ । स्वयंसेवकले खिचेका फोटो र सम्‍झनालाई जिवित राख्‍न जाइकाले गरेका फोटो प्रदर्शनी गरेको हो ।

नेपालमा जाइकामार्फत १९७० को सेप्टेम्बर १ तारिक पहिलोपटक कृषि कार्यक्रम अन्तर्गत तीन जना स्वयंसेवक जापानी नेपाल पुगेको इतिहास छ । ५० वर्षदेखि लगातार हालसम्म सिनियर र सहायक गरेर १४ सय जना स्वयंसेवक नेपाल पुगिसकेका छन् । नेपालमा स्थानीयहरूसँग गरेका र सिकेका गतिविधि अन्तर्क्रियाहरू देखेका कुराहरूको फोटोको प्रदर्शनी हो । फोटो प्रदर्शनीमा राखिएका फोटोहरु


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x