प्रवास

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

इकागज |
भदौ २२, २०७९ बुधबार १०:२१ बजे

काठमाडौं - एक महिनाको अवधिमा युनाइडेट अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरूको मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ ।  मृत्यु हुनेहरू वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् । 

गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो । 


गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका थिए । 


Author

थप समाचार
x