प्रवास

जापानमा चक्कु प्रहार गरेर नेपालीको हत्या

इकागज |
मंसिर २, २०७९ शुक्रबार १०:४४ बजे

जापान- जापानको गुन्मा प्रान्तको इसेजाकी सहरको एक अपार्टमेन्टमा बस्ने ४२ वर्षीय नेपाली महिलाको चक्कु प्रहर गरेर हत्या भएको छ ।

बुधबार राति अपार्टमेन्टमा बस्ने जापानीले केही घटनाको आशंकामा प्रहरीलाई जानकारी गराएसँगै घटानास्थलमा प्रहरी पुगेको थियो । प्रहरी पुग्दा रगत बगिरहेको चक्कु प्रहार गरेर चक्कुसँगै हत्यारा भागेको प्रहरीले जनाएको छ । मृत्यु भएकी महिला लक्ष्मी बस्नेत अधिकारी रहेको जापानी संचार माध्यमले जनाएका छन् । 


हत्याको आरोपमा ३७ वर्षीय विश्वराज आचार्यलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । निगाताबाट प्रक्राउ परेको आरोपीले घटना आफुले नगराएको भनेका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।


Author

थप समाचार
x