प्रवास

स्पेनलाई हराएपछि मोरक्को समर्थकहरूको लण्डनमा खुशीयाली (तस्बिरहरू)

इकागज |
मंसिर २१, २०७९ बुधबार ७:१ बजे

मोरक्कोले स्पेनलाई हराएपछि समर्थकहरूले लण्डनमा खुशीयाली मनाउँदै । तस्बिर : यमन मानन्धर/इकागज

लण्डन- कतारमा जारी फिफा विश्वकप २०२२ मोरक्क‍ोले स्पेनलाई हराएपछि लण्डनमा उत्सव मनाएका छन् । मोरक्कोका समर्थकहरू लण्डनको ट्राफलगर स्क्वायरमा उत्सव मनाएका हुन् ।


मंगलबार राति भएको प्रि-क्वार्टरफाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्दै मोरक्कोले क्वार्टरफाइनल स्थान बनाएको छ ।

पेनाल्टीमा स्पेनका लागि सर्जियो बुस्केट, पाब्लो साराबिया, कार्लोस सोलरले गोल गर्न सकेनन् ।

मोरक्कोका लागि अचरफ हाकिम, अबदेलहमिद साबिरी, हाकिम जिएचले गोल गरे । बादर बेनोनले भने गोल गरन् सकेनन् ।  

यसअघि निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा दुबै टिम गोलरहित बराबरीमा रहे ।

स्पेनले ७५ प्रतिशत भन्दा बढी बलमाथि नियन्त्रण जमाएपनि गोल भने गर्न सकेको थिएन ।


Author

थप समाचार
x