प्रवास

नेपाली भाषीलाई 'विदेशी' भनेको भन्दै सिक्किममा चर्कियो आन्दोलन

जब छोगयालले हामीलाई विदेशी भनेनन्, तिमी को हौ र विदेशी भन्छौ ?

इकागज |
माघ २२, २०७९ आइतबार ९:० बजे

सिक्किम- सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेको छ ।

भारतीय सर्वोच्च अदालतले नेपाल भाषीलाई ‘विदेशी’भनेको भन्दै सो आदेश त्रुटी सच्चाउन माग गर्दै विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घण्टे हड्ताल आह्वानसमेत गरेको छ ।


जब छोगयालले हामीलाई विदेशी भनेनन्, तिमी को हौ र विदेशी भन्छौ ? भन्दै प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् ।

निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन रहेको छ । अदालतको सो आदेशविरुद्ध चाम्लिङ आफैँ धर्नामा सहभागी भएका थिए । शनिबारदेखि भएको धर्ना आज पनि जारी रहनेछ ।


Author

थप समाचार
x