प्रवास

लागु औधषसहित अस्ट्रेलियामा दुई नेपाली पक्राउ

इकागज |
फागुन १२, २०७९ शुक्रबार १२:३६ बजे

काठमाडौँ- अस्ट्रेलियाको संघीय प्रहरी (एएफपी) ले अस्ट्रेलियाको सिड्नीबाट प्रतिवन्धित लागु औषधसहित २ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको छ । एएफपीले जनाए अनुसार हेयर डाइको ट्यूवभित्र ४५० ग्राम लागु औषधसहित फेब्रुअरी २२ मा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजना २१ वर्षीय युवक रहेको बताइएको छ । दोषी प्रमाणित भए उनीहरूले २५ वर्षसम्मको जेल सजाय भोग्नुपर्नेछ ।


न्यू साउथ वेल्सको क्यासिनोबाट राति रोमा सेन्ट बस स्टेसनमा आउदा एएफपीले उनीहरुलाई खानतलासी गरेको थियो । खानतलासी गर्दा उनीहरूसँग टावेलमा बेरेर राखेको ६ वटा हेयर डाइ ट्यूवमा लागुऔषध फेला पारेको एएफपीले दाबी गरेको छ ।


Author

थप समाचार
x