प्रवास

स्वास्थ्य सामग्री लिएर बेइजिङबाट उड्यो विमान

अजय अलौकिक |
बैशाख २८, २०७८ मंगलबार ७:४० बजे

बेइजिङ : चीन सरकारको अनुदानमा उपलब्ध गराइएको पहिलो खेपको अत्यावश्यक स्वास्थ्य सामग्री लिएर नेपाल वायुसेवा निगमको राष्ट्रियध्वजाबाहक विमान काठमाडौँका लागि उडेको छ । विमानले ४ सय थान सिलिण्डर, १७३ थान कन्सनट्रेटर्स र १० थान भेन्टिलेटर बोकेको छ । बेइजिङ दूतावास कूटनीतिक नियोग उपप्रमुख सुशिल कुमार लम्सालले इकागजलाई उक्त जानकारी दिए । 

सोमबार चीनका लागि नेपाली दूतावासमा उक्त सामग्री हस्तान्तरण कार्यक्रम विभिन्‍न चरणमा आयोजना गरिएको थियो ।



Author

थप समाचार
x