प्रवास

मकाउमा नेपालको कला र पर्यटन प्रबर्धन कार्यक्रम सम्पन्‍न

इकागज |
जेठ २६, २०८० शुक्रबार १८:५५ बजे

काठमाडौँ- मकाउमा नेपालको पर्यटन प्रवर्द्धन गर्न व्यापार, सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । प्रदर्शनीमा जानकारी केन्द्र, सिङ्गिग बोल, हस्तकला, नेपाली खाध्य वस्तु जस्ता केही नेपाली मौलिकपन झल्कने व्यापारको प्रदर्शन गरिएको थियो मकाउँमा स्थापित विभिन्न संघ संस्थाहरूले आफ्नो समाज र सांस्कृतिक पहिचान झल्किने गरी नृत्य प्रदर्शन भएको थियो । लाखेनाच,साँकेला,झाँकी सहित नेपाली मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।

सोफ्टेल होटलमा आयोजित एक दिने पर्यटन प्रवर्द्धन कार्यक्रमको उदघाटन नेपाली महावाणिज्य दुतावाश हङकङ मकाउँ का वाणिज्य दुत उदय राना मगरले गरेका थिए । पर्यटन प्रवर्द्धनको मुख्य आयोजक सार विशेष प्रशासनिक क्षेत्र-गैर आवासीय नेपाली मकाउ, लालीगुराँस एसोशिएसन हङकङ,ब्रोदरहुड एशोसिएसन मकाउ, मकाउ बडीबिल्डिङ र फिटनेश एसोसिएसन मकाउको सहआयोजनमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम भएको हो ।


गैर आवासीय नेपाली मकाउका कार्यवाहक अध्यक्ष रुस्तम श्रेष्ठ, संस्थाका संरक्षक श्रीजन ( किङ्गस्टन बाबा) बोम लिम्बु, चेतन गुरूङ र बरिष्ठ सल्लाहकार तथा निर्वाचन कमिटीका अध्यक्ष बिकेन जोशीको उपस्थिति रहेको थियो । हङकङ र मकाउमा बसोबास गरिरहेका नेपाली व्यवसायीलाई समेट्ने गरी कार्यक्रम भएको संस्थाका संरक्षक श्रीजनले बताए ।

उनका अनुसार हस्तकला परम्परागत तथा मौलिक नेपाली व्यापारको प्रचार तथा प्रदर्शन गरिएको थियो। प्रमुख उद्योगका रूपमा पर्यटकीय क्षेत्रलाई लिनुपर्ने संस्थाका संरक्षक श्रीजनले बताए।

'हाम्रो तर्फबाट पनि नेपाल झल्किने गरी बुद्धको भुमी, हिमाल, पवर्तारोहण, सांस्कृतिक विविधता, धार्मिक र भौगोलिक वातावरणको जानकारी दियौँ,' उनले भने,' नेपालका प्रमुख पर्यटकीय क्षेत्र यस कार्यक्रम मार्फत विश्व जगतमा चिनाउनका लागि यसले सहयोग गर्ने आशा राखेका छौ।'

नेपाल र मकाउबीच आर्थिक सांस्कृतिक प्रदान गर्न सकिने गरी झलक प्रस्तुत गरिएको श्रीजनले सुनाए। सांस्कृतिक र वाणिज्य तथा व्यापार प्रर्बदन गर्न पहिल गरिने उनको भनाइ छ ।

मकाउमा कार्यरत नेपालीको ब्यक्तिगत तथा संस्थागत तर्फबाट आर्थिक सहयोगमा ब्यापारिक मेला भएको थियो । मकाउमा रहेका नेपालीहरू बिच एक आपसमा भातृत्व तथा दुई देश बिच परस्पर मितब्ययिता कायम राख्न यस मेलाले महत्वपूर्ण भुमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।

पर्यटक आवागमनमा प्रोत्साहन गर्ने उनको भनाइ छ। नेपाल र नेपालीको हित मा सकारात्मक कार्य गर्ने थप उर्जा प्रदान गरेको उनले बताए । मेलामा पोर्चुगल,चीन तथा हङकङका नागरिकहरूको सहभागिता थियो ।

मकाउँका विभिन्न संघ संस्थाको उपस्थिति रहेको थियो। हेड्स नेपाल मकाउँ शाखा, गुरुङ तमु समाज, मगर समाज, किरांत राई यायोक्खा समाज, सुदुरपस्चिमेली समाज, सेर्पा समाज, तामाङ घेदुङ समाज, नेवार समाज मकाउँ र नेपाली समाज मकाउँको सहभागिता जनाएका थिए ।


Author

थप समाचार
x