नेपालमा वैदेशिक लगानी भित्र्याउने विषयमा अर्थमन्त्री महत र बेलायती परराष्ट्र राज्यमन्त्री ट्रेभल्यानबीच छलफल
लण्डन- अर्थमन्त्री डा. प्रकाशशरण महत र संयुक्त अधिराज्य (बेलायत) की परराष्ट्र राज्यमन्त्री आनमेरी ट्रेभल्यानबीच लण्डनस्थित परराष्ट्र मन्त्रालयमा मंगलबार भेटवार्ता भएको छ ।
भेटका अवसरमा नेपाल-बेलायत द्विपक्षीय सम्बन्धका विभिन्न विषयका साथै विशेष गरेर बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि परराष्ट्र मन्त्रालयको सहयोगको लागि आग्रह गरे ।
कोभिड महामारीले गर्दा नेपालको वित्तीय स्रोतसाधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण बृद्धि भएकाले लगाानी योग्य पूँजीमा कमी भएकाले नेपालमा वाह्य लगानीको आवश्यकता रहेको उनले बताउँदै उनले ग्लास्गोमा सम्पन्न कोप २६ पछि बेलायतको प्राथमिकता हरित उर्जा भएकाले यस क्षेत्रमा लगानी वृद्धि हुने विश्वास आफूले लिएको बताए । साथै उनले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानीका लागि समेत आग्रह गरे ।
जलवायु परिवर्तनका असरहरू सिर्जना हुनुमा नेपालको भूमिका नरहे पनि यसका कारण नेपालले भोग्नु परेका समस्याको न्यूनीकरणका लागि बेलायत सरकारको थप सहयोगका लागि समेत उनले आग्रह गरे । साथै उनले भूतपूर्व गोर्खाहरूको सम्बोधन गर्न बाँकी मागहरूको सम्बोधनका लागि परराष्ट्र राज्यमन्त्री ट्रेभल्यानलाई आग्रह गरे ।
परराष्ट्र राज्यमन्त्री ट्रेभल्यानले बेलायत नेपालको विकास साझेदार रहँदै आएको र भविष्यमा पनि सहयोगमा निरन्तरता हुने प्रतिवद्धता व्यक्त गरे । उनले बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्ने विषयमा आफू सकारात्मक रहेको पनि बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया