प्रवास

वैदेशिक रोजगारमा जानेले जोनसन एण्ड जोनसनको खोप पाउने

इकागज |
साउन ४, २०७८ सोमबार १६:२३ बजे

काठमाडौँ : सरकारले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप उपलब्ध गराउने भएको छ । जोनसन एण्ड जोनसन खोप अनिवार्य गरेको मुलुकमा जानेलाई मात्र उक्त खोप लगाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाउने व्यक्तिले साथमा भिसा र पासपोर्ट बोकेर जानुपर्छ ।

कतारले जोनसन एण्ड जोनसनको खोप लगाएका व्यक्तिले कतार प्रवेश गर्दा क्‍वारेन्टिन नबस्‍नुपर्ने भएको छ । कुवेत प्रवेशमा जोनसन खोपलाई अनिवार्य गरेको छ ।कोभिडविरुद्धको खोप लगाउन नपाउँदा करिब ३० हजार मानिस वैदेशिक रोजगार जानबाट वञ्चित भएको वैदेशिक रोजगार व्यवसायी महासंघले बताउँदै आएको छ ।


सोमबार देखि देशभरका विभिन्‍न स्थानमा जानसिन खोप लगाउन थालिएको छ । अमेरिकाले केही साता अघिमात्र कोभ्याक्समार्फत उक्त खोप लगाएको थियो । सरकारले अपांग, शरणार्थी र ५० देखि ५४ वर्ष माथिका मानिसलाई खोप लगाउने मिति सार्वजनिक गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी महासंघले वैदेशिक रोजगारमा जानेलाई जानसिन खोप उपलब्ध गराइदिन सरकारसँग माग गरेका थिए ।


Author

थप समाचार
x