प्रवास

टोकियो ओलम्पिक : पौडीका एलेक्सले आज प्रतिस्पर्धा गर्दै

संगीता कुँवर |
साउन १२, २०७८ मंगलबार १०:५४ बजे

जापान- टोकियो ओलम्पिक २०२० मा नेपालका तर्फबाट  एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले मंगलबार प्रतिसपर्धा गर्दैछन् । खेल नेपाली समय अनुसार दिउसोँ ३:४५ बजे सुरु हुनेछ ।

एलेक्सले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछन् । एलेक्स हिट वानमा रहेका छन् । सात खेलाडी रहेको हिटवानमा एलेक्स छैटौँ लेनमा रहेका छन् ।


हिट चरणबाट शीर्ष बनेका १६ खेलाडी सेमिफाइनलमा जानेछन्  । हिट चरणमा उत्कृष्ट भएका खेलाडीहरु जुलाई २८ मा हुनेसेमिफाइनलमा छनोट हुनेछन् । फाइनल जुलाई २९ मा हुनेछ ।

नेपालको तर्फबाट पौडीकै गौरीका सिंहले बुधबार प्रतिस्पर्धा गर्दैछिन् । त्यस्तै एथलेटिक्सकी सरस्वती चौधरीले ३० जुलाईमा १सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । गौरीका र एलेक्स जापान पुगेपछि २ हप्ता बिशेष प्रशिक्षणमा सहभागी थिए । 


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x