प्रवास

कतारमै खोप लगाएकाले पनि प्रवेश गर्दा क्‍वारेन्टिनमा बस्‍नुपर्ने

इकागज |
साउन १५, २०७८ शुक्रबार २१:८ बजे

फाइल फोटो

काठमाडौँ- कोभिड-१९ विरूद्धको दुवै मात्राको खोप कतारमै लगाएकाले समेत कतार प्रवेश गर्दा दुई दिन क्‍वारेन्टिनमा बस्‍नुपर्ने भएको छ । कतारभन्दा बाहिर जुनसुकै खोप लगाएका र कतारी परिचयपत्र वाहक तर खोप नलगाएका हकमा भने १० दिन होटल क्‍वारेन्टिन बस्‍नुपर्ने भएकाे हाे । होटल क्‍वारेन्टिनमा राखेर परीक्षण गर्दा कोभिड नेगेटिभ आएपछि मात्र आफ्नो गन्तव्य स्थल जान पाइने कतारस्थित नेपाली राजदूतावासले जनाएको छ ।

शनिबारदेखि लागू हुने उक्त नियम नेपालबाट कतार जानेहरुलाई मात्र नभई सबैलाई लागू हुनेछ । खोप नलगाएका (पारिवारिक, पर्यटक र व्यापारीक भिसा) यात्रुहरूलाई प्रवेश नदिने दूतावासले जनाएको छ । नेपालमा खोप लगाएर कतार काम गर्न जानेको हकमा १० दिन क्‍वारेन्टिनमा बस्‍नुपर्नेछ । कतारमा नै खोप लगाएका वा काेभिड भएर ठीक भएकाकाे हकमा मात्र दुई दिन क्‍वारेन्टिन तोकिएको हो । 



Author

थप समाचार
x