प्रवास

एनआरएनए फ्रान्समा पहिलो पटक महिला अध्यक्ष

इकागज |
साउन १८, २०७८ सोमबार १२:४७ बजे

पेरिस : एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल निर्वाचित भएकी छन् । तनहुँ म्याग्ने १ गुणादीकी खनालले अध्यक्षका प्रतिस्पर्धी मीनबहादुर श्रेष्ठलाई पछिपार्दै पहिलो पटक महिला अध्यक्ष निर्वाचित भएकी हुन् ।   

चार सय ५८ मत खसेकोमध्ये मध्ये दुई सय ४८ मत पाएर खनालले जीत दर्ता गरेकी हुन् ।  उनका प्रतिस्पर्धी श्रेष्ठले दुई सय १० मत पाए । निर्वाचन अनलाइन प्रणालीबाट भएको हो ।   


खनाल यसअघिको कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिइन् । उनले कागजातको समस्या भोगेका नेपालीको माग सम्बोधन गर्ने, नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नेलगायत नारा लिएर चुनाव लडेकी थिइन् । 

 
 


Author

थप समाचार
x