प्रवास

युएईस्थित नेपाली दूतावासले भन्यो : क्युआर कोडसहितको खोप कार्ड बोकी विदेश यात्रामा निस्कनू

इकागज |
साउन १८, २०७८ सोमबार १६:२७ बजे

काठमाडौँ- अन्तरराष्ट्रिय मान्यता प्राप्त क्युआर कोडसहितको कोभिडविरुद्धको खोप लगाएको प्रमाणपत्र साथमा लिएर यात्रा गर्न युएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

नेपालमा नयाँ राहदानी बनाउने वा नवीकरण गर्ने प्रक्रियामा रहेका नेपाली नागरिकहरूले कोभिड-१९ विरुद्धको खोप लगाइसकेको भए https:// vaccine.mohp.gov.np/ मार्फत प्रि इनरोलमेन्ट फाराम भरी आफ्नो पायक पर्ने स्थानमा खोप लगाउन र क्युआर कोडसहितको खोप लिन दूतावासले निर्देशन दिएको छ ।


'युएईमा रहेका नेपाली नागरिकले कोभिडविरुद्धको खोप लगाइसकेको भए क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू,' दूतावासले जारी गरिएको सूचना उल्लेख छ,' खोप लगाउन बाँकी भएकाले क्युआर कोडसहितको प्रमाणपत्र साथमा लिएर हिडनू ।'

नेपालबाट विदेश यात्रा गर्नुपूर्व माथि उल्लेखित प्रि-इनरोलमेन्ट फाराम भरी नेपालमा आफूलाई पायक पर्ने स्थानमा खोप लगाउनुहुन र क्युआर कोडसहितको प्रमाणपत्र बोकी यात्रा गर्नुपर्ने बताइएको छ ।

 


Author

थप समाचार
x