प्रवास

निर्वाचन प्रकृया रोक्न एनआरएनएलाई परराष्ट्रको पत्र

इकागज |
भदौ २८, २०७८ सोमबार ८:४० बजे

काठमाडौँ- परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ । परराष्ट्रले विभिन्‍न देशमा समस्या रहेको भन्‍दै निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।

एनआरएनएको आगामी महाधिवेशनमा भाग लिने प्रतिनिधिहरू विधान विपरित सिफारिस गरेकाले महाधिवेशनको काम अगाडी नबढाउन निवेदन परेको परराष्ट्रले जनाएको छ ।


परराष्ट्रका अनुसार उक्त निवेदनमा राष्ट्रिय समन्वय परिषद्‌को प्रतिनिधि छनौट प्रक्रियामा अस्ट्रेलिया, जर्मनी, अमेरिका, न्यूजिल्याण्ड, बेल्‍जियम, साइप्रस, अस्ट्रिया, बेलायत, चेक गणतन्त्र, स्वीजरल्याण्ड, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, पोर्चुगललगायत मुलुकहरूमा समस्या रहेको पत्रमा उल्‍लेख छ ।

त्यस्तै जापानको राष्ट्रिय समन्वय परिषद्‌को निर्वाचनका सम्‍बन्धमा उठेका विषयबारेमा सम्‍बोधन नगरिएको पत्रमा लेखिएको छ ।


 


Author

थप समाचार
x