प्रवास

कोभिड खोपको पूरा मात्रा लगाएकाले मलेसिया जान पाउने

इकागज |
असोज ७, २०७८ बिहिवार १२:१६ बजे

फाइल तस्बिर

काठमाडौँ- लामोसमयदेखि नेपाली कामदारका लागि रोकिएको मलेसिया लागि खुलेको छ । नेपाली कामदारले स्वास्थ्यको मापदण्ड अपनाएर मलेसिया जान पाउन भएका हुन् ।

कोभिड-१९ को महामारीका कारण जान नपाएका कामदारले प्रवेश पाउने भएका हुन् । नेपाललगायत केही मुलुकका कामदारले मलेसिया प्रवेश गर्न पाउने नेपालस्थित मलेसियन दूतावासले जनाएको छ ।


मलेसियाको भिसा भएका, विश्‍व स्वास्थ्य संगठनले मान्यता प्रदान गरेर लगाएको खोप, पीसीआर नेगेटीभ रिपोर्ट र मलेसियाको स्वास्थ्य मन्त्रालयले बनाएको मापदण्ड अनुसार कामदार क्वारेन्टाइनमा बस्‍नुपर्नेछ ।

मलेसिया प्रवेश गर्न त्यहाको अध्यागमनबाट अनुमति प्राप्‍त गर्नुपर्नेछ । भिसाबारेमा केही बुझ्नुपर्ने भएमा काठमाडौँस्थित मलेसियाको दूतावासमा ०१-५४५४६८९ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

नियमित रुपमा नेपाली कामदार मलेसिया जान नपाएको करिब दुई वर्ष भइसकेको छ ।  कोभिड महामारीले मलेसिया तर्फ जाने कामदारहरू रोकिएका थिए ।


Author

थप समाचार
x