प्रवास

कात्तिक १० गते ५० जना कामदार कोरिया जाँदै

अतिन आचार्य |
असोज १७, २०७८ आइतवार १६:३६ बजे

फाइल तस्बिर

काठमाडौँ-  लामो समयदेखि अवरुद्ध रहेको कोरिया रोजगारी कात्तिक दोस्रो सातादेखि खुल्ने भएको छ । कात्तिकको दोस्रो साताबाट कमिटेड नेपाली  कामदार कोरिया जान पाउन भएका हुन् ।

कोरियाबाट सन् २०१९ मा काम गरेर फर्केका ११९ जान पाउने पहिलो प्राथमिकतामा परेको इपिएस कोरिया शाखाका निर्देशक सुरेश राउतले इकागजलाई जानकारी दिए । उनका अनुसार उक्त सालमा अक्टोबर,नोभेम्बर र डिसेम्बरमा आएकाहरू मात्र जान पाउँछन् ।


(कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक लिएर आएकाहरू) । कोरियाको मानव शंसाधन सेवाबाट प्राप्‍त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्‍त भएकाहरू जान पाउने भएका छन् ।

शाखाले उक्त संख्यामा कात्तिक १० गते पठाउने गरी काम गरीरहेको छ । कोरियाको सिधा उडान कोरियन एयर मात्र छ । मन्त्रालयसँग समन्वय गरेर वायुसेवा कम्पनीको व्यवस्था गरिने राउतले बताए । कामदार लैजान शाखाले वायुसेवा कम्पनीले बोलपत्र आह्वान गरे पनि कुनै पनि छनौट भएन ।

पहिलो उडानमा ५० जना कामदारलाई उडाइने राउतले बताए । दोस्रो उडानमा बाँकी ६९ जना जानेछन् । इपीएस शाखाले कमिटेड कामदारलाई एक साताभित्र शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । कमिटेड भिसा बाहकले आवश्यक कागजात सहित ईपीएस शाखामा सम्पर्क गर्न पनि भनेको छ ।

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x