प्रवास

खोप लागएको १४ दिन पूरा भएपछि नेपाली कामदारले कतार प्रवेश पाउने

इकागज |
असोज १८, २०७८ सोमबार १७:४९ बजे

फाइल तस्बिर

काठमाडौँ- कोभिडविरुद्धको पूर्ण खोप लगाएको १४ दिन पूरा भएपछि मात्र नेपाली कामदारले कतार प्रवेश पाउने भएका छन् । कतारले तोकेको खोप मात्र लगाउनू पर्ने कतारस्थति नेपाली दूतावासले जनाएको छ । 

कतारमा कोभिड संक्रमणको दर न्यूनीकरण हुँदै गइरहेको छ । नेपाल लगायत दक्षिण एशियाली मुलुकबाट प्रवेश गर्ने यात्रुले असोज २० गतेदेखि कतारले निर्धारण गरेको खोप लगाउनुपर्नेछ ।


दूतावासका अनुसार फाइजरको कोमेन्ट्री  दुवै डोज, भेरोसेलको दूवै डोज, सिनोभ्याकको दुवै डोज, स्पुटनीक-भी को दुवै डोज, मोर्डनाको दुवै डोज, कोभिसिल्डको दुवै डोज र जोनसन एण्ड जोनसनको एक मात्रा डोज लगाएको हुनुपर्नेछ ।

कतार प्रवेश गर्ने यात्रुले खोप लगाएको प्रमाणपत्र साथमा राख्‍नुपर्नेछ । पासपोर्ट,प्रमाणपत्रमा यात्रुको नाम र खोपको लट उल्लेख हुनुपर्नेछ । स्वीकृत गरिएको खोप लगाएका यात्रुले २ दिन अनिवार्य होटलमा क्वारेन्टाइन बस्‍नुपर्नेछ । स्वीकृत गरिएको खोप मात्रा पूरा नगरेका यात्रु तथा साथमा परिचयपत्र भएकाले ७ दिन अनिवार्य होटल क्वारेन्टाइनमा बस्‍नुपर्ने दूतावासले प्रस्ट पारेको छ ।

यात्रुले ७२ घण्टा अगाडि गरेको पीसीआर टेष्‍ट, र्‍यापीड एन्टीजेन्ट र सिरीयोलोजी एन्टीबडी परीक्षण गरिएको रिपोर्ट समेत साथमा लानुपर्नेछ । स्वीकृत गरिएको खोप नलगाएका यात्रुले कतार प्रवेश पाउने छैनन् ।

No photo description available.

No photo description available.


Author

थप समाचार
x