प्रवास

शाहरुख खान पुत्र आर्यन मुस्लिम भएकै कारण पक्राउ परेका हुन्ः भारतीय नेतृ मुफ्ती

इकागज |
असोज २५, २०७८ सोमवार १७:१३ बजे

तस्बिर दी इन्डियन एक्सप्रेसबाट

काठमाडौँ- मेहबुबा मुफ्ती भारतको जम्मु काश्मिर क्षेत्रकी नेतृ हुन् । त्यहाँको जम्मु काश्मिर पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) मुफ्तीकै नेतृत्वमा छ । मुफ्ती र उनको पार्टी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टी (भाजपा)को आलोचक हुन् । 

उनै मुफ्तीले हालै एक अभिव्यक्ति दिएकी छन्, जसले भारतीय राजनीतिमा मात्रै होइन, बलिउडमा पनि तंरग ल्याउने अनुमान गरिएको छ । उनको अभिव्यक्ति बलिउड स्टार शाहरुख खानका छोरा आर्यनको गिरफ्तारीमाथि छ । आर्यन हाल लागू औषध सम्बन्धी मुद्वामा हिरासतमा छन् । 


मुफ्तीले भारतमा मुस्लिमहरू बारम्बार त्यहाँको केन्द्रीय ब्यूरोहरूको निशानामा पर्ने बताएकी छन् । आर्यन पनि मुस्लिम भएकै कारण नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)को निशानामा परेको दाबी गरेकी छन् ।  

‘एक मन्त्रीका छोराले चार किसानको हत्या गरेका छन् । यस केसमा प्रहरीले खासै रुची देखाएको छैन । तर २३ वर्षिय मुस्लिम युवालाई उसले मान्‍ने धर्मकै कारण हिरासतमा राखिएको छ । भाजपाको भोट ब्यांकलाई खुशी पार्नका लागि बारम्बार मुस्लिममाथि ज्याजती गरिँदैछ,’ मुफ्तीले ट्वीट गरेकी छन् । 

मुफ्तीको संकेत मोदी क्याबिनेटमा राज्य मन्त्री रहेका अजय मिश्राका छोरा आशिष मिश्रातर्फ थियो । उत्तर प्रदेशको लखिमपुरमा आन्दोलनरत किसानहरूमाथि गाडी चलाएको आरोप आशिषमाथि लगाइएको छ । 


Author

थप समाचार
x