प्रवास

जापानमा रेल स्टेशनका कर्मचारी निदाएपछि...

इकागज |
कात्तिक २२, २०७८ सोमबार ९:३३ बजे

जापान- जापानमा रेलका कर्मचारी निदाएर स्टेशनको प्रवेश ढोका नखोलिदिँदा यात्रुले समयमै रेल प्रयोग गर्न पाएनन् । क्युशु क्षेत्रका यात्रुलेबुलेट रेल समयमै प्रयोग गर्न नपाएका हुन् । जापानी मिडियाका अनुसार क्युशु क्षेत्रमा पर्ने  शिनओमुता रेल स्टेशनका ३० वर्षका पुरुष कर्मचारी निदाउँदा यात्रुले रेल समयमै रेल प्रयोग गर्न नपाएका हुन् ।

रेलको समय तालिका अनुसार स्टेशनमा बस्ने कर्मचारी बिहान ५:१० बजे उठ्नुपर्ने र यात्रु ६:१९ को  रेल चढ्नुपर्ने थियो । ६:३० बजे अर्को रेल स्टेशनका कर्मचारी आएर ढोका खोलेपछि बल्ल यात्रु चढ्‍न पाएका थिए ।


रेल स्टेशनमा दुई पटक अलार्म घडीहरू बज्नु बाहेक जडान भएको उपकरण स्वचालित रुपमा उठ्ने समयमा बज्‍ने गर्छ । तर कर्मचारीहरूले आफुले उठ्ने समयको लागि अलार्म सेट गर्न बिर्सिएको बताएका छन् । क्युशु रेल विभागले यात्रुलाई समस्या भएकाप्रति माफी माग्दै भविष्यमा यस्तो हुन नदिने बताएको छ ।


Author

थप समाचार
x