प्रवास

सरकारले तोक्योः इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अस्पताल

इकागज |
कात्तिक २९, २०७८ सोमबार १७:५३ बजे

फाइल तस्बिर

काठमाडौँ- सरकारले  ईजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्न चार वटा स्वास्थ्य संस्थाको छनौट गरेको छ । स्टार अस्पताल ललितपुर,  ह्याम्स अस्पताल धुम्बाराही काठमाडौँ, नेपाल मेडिसीटी अस्पताल भैसेपाटी ललितपुर र मनमोहन मेमोरियल मेडिकल कलेज स्वयम्भू काठमाडौँमा इजरायल जाने कामदारले स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।

कात्तिक २९ गतेदेखि मङ्सिर ५ गतेसम्म परीक्षण गर्नुपर्नेछ । पहिलो चरणमा पाँच सय जनाको परीक्षण गर्न लागेको वैदेशिक रोजगार विभागले जनाएको छ । ३५० महिला र १५० जना पुरुषको स्वास्थ्य परीक्षण गर्न लागेको हो । नतिजा प्रकाशन सिरियल नम्बर १ देखि ३५० सम्म महिला र १ देखि १५० सिरियलको १५० जनाको स्वास्थ्य परीक्षण गर्नुपर्ने छ ।


स्वास्थ्य परीक्षणको प्रमाणपत्र सम्बन्धित अस्पतालले विभागलाई उपलब्ध गराउने छ । प्रहरीको चारित्रिक प्रमाणपत्र उम्मेदवार स्वयंले विभागको [email protected]  इमेल मङ्सिर ५ गतेसम्म पेश गरिसक्नुपर्नेछ ।

 


Author

थप समाचार
x