प्रवास

इजरायल रोजगारीः पाँच सय केयर गिभर कहिले जान पाउँछन्?

अतिन आचार्य |
कात्तिक ३०, २०७८ मंगलबार १३:५५ बजे

फाइल तस्बिर

काठमाडौँ- केयर गिभरमा इजरायल जानका लागि भाषा पास गरेकाहरूले पुसको दोस्रो सातासम्म जान पाउने भएका छन् । पहिलो चरणमा पाँच सयलाई पठाउन वैदेशिक रोजगार विभागले तयारी गरिसकेको छ ।

केयर गिभर जानेको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य केन्द्र पनि तोकिसकेको छ । कामदारको स्वास्थ्य परीक्षणको रिपाेर्ट र प्रहरीको चारित्रिक प्रमाणपत्र विभागले इजरायल पठाउने छ ।


कामदारको सम्पूर्ण डकुमेन्ट पठाएपछि इजरायलले कामदारसँग गरिने कन्ट्रयाक्ट पेपर पठाउने विभागका निर्देशक डम्बर सुनुवारले इकागजलाई जानकारी दिए । 'कन्ट्रयाक्ट पेपरमा कामदारले सम्झौता गरेको ३० दिनमा कामदार विदेश उडीसक्नुपर्छ,' मंगलबार ईकागजसँगको टेलिफोन संवादमा उनले भने,' पुसको दोस्रो साता सम्ममा पाँच सय कामदार उडन सक्ने छन् ।'

दोस्रो सूचना प्रकाशित गर्न विभागले छलफल गरिरहेको सुनुवारले बताए । बाँकी कामदारको स्वास्थ्य परीक्षण गर्ने मिति सार्वजनिक गर्न इजरायलसँग छलफल चलिरहेको उनको भनाइ छ । विभागले जतिसक्दो चाँडो कामदारलाई पठाउन विभिन्‍न माध्यमबाट छलफल चलाइरहेकाे छ ।

केयर गिभरमा इजरायल जानेलाई पहिलो चरणमा अंग्रेजी भाषाको परीक्षा लिएको थियो । अन्तर्वाता र शरीरको उचाई नाप तौल परीक्षण गरेको थियो । लोटरी प्रथाबाट १ हजार १७५ कामदार छनौट भएका थिए  । महिला ८ सय २१ र पुरुष ३५४ जना छन् । 

छनौट भएका सबै कामदार जान पाउँछन भन्‍ने ग्‍यारेण्‍टी नरहेको उनले जानकारी दिए ।  इजरायलको आवश्यकताअनुसार स्वास्थ्य परीक्षण गरिएका कामदार जान पाउन सक्‍ने उनले दाबी गरे । 

गत वर्षको असोजमा इजरायल र नेपाल सरकारको बिचमा केयर गिभरमा नेपाली कामदार लाने गरी सम्झौता भएको थियो । ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लान पाउने गरी सम्झौता गरिएको थियो ।

वैदेशिक रोजगार विभागले साउन ११ गतेदेखि इजरायल जाने कामदारका लागि आवेदन भर्न विज्ञापन खुलाएको थियो । केयर गिभरमा जानेले मासिक तलब करिब दुई लाख पाउनेछ्न् । पाँच वर्षको करार अवधि सुरुमा एक वर्षको मात्र हुनेछ । ६ दिन काम र सातामा ४२ घण्टा काम गर्नुपर्नेछ । इजरायली कानुनअनुसार वार्षिक बिदा पाउने छन् ।

यो पनि

सरकारले तोक्योः इजरायल जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अस्पताल

इजरायल रोजगारी: लिखित र अन्‍तर्वार्तामा १६ सय परीक्षार्थी उतीर्ण

इजरायल जान आवेदन दिएका कामदारको लिखित परीक्षा भदौ २८ गते हुने

सरकारले इजरायल जाने कामदारलाई परीक्षा लिन सार्वजनिक गर्‍यो पाठयक्रम

इजरायल जान आवेदन दिएकामध्ये ८,६९९ जान नपाउने, भदौ अन्तिम सम्ममा परीक्षा

वैदेशिक रोजगार विभागले भन्यो: इजरायल जाने नाममा कसैलाई पैसा नबुझाउँनू

सरकारले भोलिदेखि इजरायल जाने कामदारको आवेदन लिने

इजरायल जाने कामदारको परीक्षा भदौ पहिलो साता

साउन दोस्रो सातादेखि खुल्‍दैछ इजरायल रोजगारी, सूचना निकाल्‍ने विभागको तयारी

असार अन्तिममा इजरायल जाने विज्ञापन खुल्दै

सरकारले भोलिदेखि इजरायल जाने कामदारको आवेदन लिने


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x