प्रवास

बेलायतले १० हजार नेपाली नर्स लैजाने

इकागज |
मंसिर ३, २०७८ शुक्रवार १३:५३ बजे

प्रतिकात्मक तस्बिर

काठमाडौँ- सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ । बेलायतसँग श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जनाएको छ ।

शुक्रबार राजधानीमा  वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी भइरहेको बताए ।


‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ। यसमा छिट्टै नै काम हुन्छ’, सचिव गौतमले भने। श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताए । 

सीपयुक्त र दक्ष जनशक्ति कामदार पठाउनका लागि आकर्षक गन्तव्य मुलुकको खोजी भइरहेको मन्त्री श्रेष्‍ठले जानकारी दिए । वैदेशिक रोजगारमा जानेले दुखः नपाउन भनेर कार्यविधि र श्रमसम्झौता गर्ने तयारी भइरहेको उनले बताए ।


Author

थप समाचार
x