प्रवास

सरकारविरुद्ध एनआरएनए अदालतमा

इकागज |
मंसिर ११, २०७८ शनिबार १८:४३ बजे

लन्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल सरकार परराष्ट्र मन्त्रालयविरुद्ध मुद्दा दायर गरेको छ । मन्त्रालयले अन्यायपूर्ण पत्र जारी गरेका कारण संघ बाध्य भएर सरकारविरुद्ध अदालत गएको एनआरएनए अध्यक्ष कुमार पन्तले बताए ।

संघले शनिबार पत्रकार सम्मेलन गर्दै उच्च अदालत पाटनमा उत्प्रेरण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको जनाएको छ । सरकारविरुद्धको निवेदनमामा १० औं महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैरकानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।


संघका अध्यक्ष पन्तले संरक्षक परिषद्लाई अनावश्यक चलखेल नगर्न आग्रह गरेका छन् । उनले संघको विवाद समाधान गर्न संघ सक्षम रहेको बताए । पन्तले संघको १० औं महाधिवेशन तथा निर्वाचन डिसेम्बर महिनाभित्रै हुने बताए । पत्रकार सम्मेलनमा संघका महासचिव डा. हेम राज शर्मा र प्रवक्ता डीबी क्षेत्रीले आफ्ना भनाइ राखेका छन् ।


Author

थप समाचार
x