प्रवास

सन्तोष साह मास्टर सेफमा पुनः सहभागी हुने

इकागज |
मंसिर १२, २०७८ आइतवार १५:४३ बजे

काठमाडौँ- सेफ सन्तोष साह मास्टर सेफमा पुन: सहभागी हुने भएका छन् । उनी मास्टर सेफ प्रतियोगितामा नेपाली खानाका परिकार लिएर सहभागी हुने भएका हुन् ।

एकपटक मास्टर सेफ जित्‍ने मौका बोकेर प्रतियाेगितामा जान लागेको साहले आफ्‍नो भीडीयो सन्देशमार्फत बताएका छन् । 'अन्तिम पटक टाइटल जित्‍ने सपना अधुरो भएको थियो,' उनले भने । यसपटक पनि सहभागी भएर पुन गर्व गर्न चाहेको साहले बताएका छन् । नेपाली खाना र नेपाली गर्व गराउन चाहेको उनले जानकारी दिए ।


अघिल्लो वर्षको मास्टर सेफ प्रतियोगितामा उनी उपविजेता बनेका थिए । उनको हालसालै ऐला नामक पुस्तक सार्वजनिक भएको छ । उक्त पुस्तकमा खानाको बारेमा जानकारी दिएको  छ । पछिल्लो एक दशक अघिदेखि साह बेलायतमा बस्दै आएका छन् ।

 

 

 

 

 

 


Author

थप समाचार
x