प्रवास

एनआरएनए प्रमुख निर्वाचन आयुक्तमा बन्जरा नियुक्त

इकागज |
मंसिर २७, २०७८ सोमबार ७:५ बजे

लन्‍डन- गैरआवासीय नेपाली संघ (एनआरएनए) को प्रमुख निर्वाचन आयुक्तमा भीमसेन बन्जरा नियुक्त भएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार उनलाई संघको १०औँ महाधिवेशनमा निर्वाचन सम्पन्न गर्ने जिम्मेवारीसहित नियुक्ति गरिएको हो ।

बनेपा स्थायी घर भएका बन्जरा नेपाल बार एसोशियनका केन्द्रीय सदस्य र नेपाल सर्वोच्च अदालतका अधिवक्ता हुन् । यसअघि प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेलले आफ्नो कार्यव्यस्तताका कारण पदबाट राजीनामा दिएपछि बन्जरालाई नियुक्त गरिएको हो ।


गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय परिषदको पूर्ण बैठकले निर्वाचन समितिको गठन गर्ने जिम्मेवारी अध्यक्ष पन्तलाई दिए अनुरुप पन्तले नयाँ आयुक्त तोकेका हुन् ।

गैरआवासीय नेपाली संघको निर्वाचन २६ र २७ तारिख अष्ट्रेलियन कम्पनी भेरो मार्फत अनलाइन मतदान हुने तयारी गरिएको छ । संघको नेतृत्वका लागि डिसेम्बर १६ र १७ तारिख मनोनय दर्ता हुँदैछ ।


Author

थप समाचार
x