प्रवास

एनआरएनएको विवाद मिलाउने जिम्मा शेष घलेको टीमलाई

इकागज |
माघ २, २०७८ आइतबार ८:८ बजे

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)को अधिवेशनबारे विवाद मिलाउन उच्चस्तरीय समिति गठन गरिएको छ। निर्वाचन कार्यक्रम अघि बढाउन संघका प्रमुख संरक्षक शेष घलेको संयोजकत्वमा ७ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो।

सदस्यतालगायत विवादले एनआरएनएको दसौं अधिवेशन हुन सकेको छैन।  छिट्टै अधिवेशन गराउनका लागि घलेको नेतृत्वमा समिति निर्माण गर्ने निर्णय गरिएको थियो । विधानसम्मत निष्पक्ष ढंगले समस्या समाधान गर्नआईसीसीको शनिबार सम्पन्न ८१औँ बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।


समितिका सदस्यहरूमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, संरक्षकहरू देवमान हिराचन, जीवा लामिछाने, भवन भट्ट, रामप्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त रहेका छन्।

गत अक्टोबरमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन प्रतिनिधि चयनको विवादका कारण नै पटक पटक रोकिंदै आएको छ । समितिले अधिवेशन सम्पन्न गर्न अहिले भएका विवादको समाधान गर्ने एनआरएनएले जनाएको छ।
 


Author

थप समाचार
x