प्रवास

जापानमा अर्ध-आपतकाल विस्तारको निर्णय गर्दै सरकार

संगीता कुँवर |
माघ ५, २०७८ बुधवार ८:५५ बजे

जापान- जापानमा मंगलबार मात्रै ३२ हजारभन्दा धेरै कोभिड-१९ संक्रमित थपिएका छन् । टोकियोमा मात्रै ५ हजार १ सय ८२ जनामा कोभिड देखिएको छ । देशभर संक्रमितको संख्या बढेसँगै बिभिन्‍न प्रान्तका प्रमुखहरूले आपतकालिन पूर्वको उपायहरू घोषणा गरिदिन सरकारलाई अनुरोध गरिरहेका छन् ।

जापानले कोभिडका कारण तीन प्रिफेक्चरमा लगाएको अर्ध-आपतकाल विस्तार गर्ने निर्णय गरेको छ । मंगलबार मन्त्रीहरूको बैठकमा टोकियोसहित अन्य १२ प्रिफेक्चरलाई कोभिडको बढ्दो संक्रमण नियन्त्रण गर्न अर्ध-आपतकाललगाइने निर्णय भएको हो ।


यस निर्णय आज कोभिड भाइरस नियन्त्रण गर्ने जिम्मा पाएको सरकारी समितिको बैठकबाट औपचारिक रुपमा जानकारी गराइनेछ । केन्द्र सरकारलाई टोकियो, निगाता, आइची, गुन्मा, साइतामा, चिबा, खानागावा, गिफु, मेई, खागावा, नागासाकी, कुमामोता र मियाजाकी प्रान्तले आपतकाल पूर्वको अवस्थामा राखिदिन अनुरोध गरेका थिए । अर्ध आपतकाल समयअवधीमा रक्सी र खाना खान बढि भिड हुने ठाउँ रेस्टुरेन्टको खोल्ने समय घटाउने  र कन्सर्ट कार्यक्रमहरू बन्द गर्ने निर्णय हुन सक्ने आशंका पनि गरिएको छ । 

यसअघि जापानका ४७ वटा प्रान्त मध्ये ओकिनावा, हिरोशिमा र यामागुची प्रान्तलाई अर्ध-आपतकालीन घोषणा गरि व्यवसायहरुलाई सञ्चालन अवधि कम गर्न अनुरोध गरिएको थियो । 


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x