प्रवास

श्रम सम्झौताको २५ महिनापछि ९९ नेपाली इजरायल उड्दै

इकागज |
माघ ५, २०७८ बुधवार १५:११ बजे

काठमाडौं - श्रम सम्झौताको २५ महिनापछि ९९ नेपाली इजरायल उड्ने भएका छन्। नेपाल सरकार र इजरायल सरकारबीच २०७७ साल असोज १४ गते श्रम सम्झौता भएपछि पहिलोपटक आज उडान हुने भएको हो ।

वैदेशिक रोजगार विभागका अनुसार ६३ महिला र ३६ पुरुष गरी ९९ जना इजरायलतर्फ जानेछन् । उनीहरू राती ११ बजे इजरायलतर्फ लाग्नेछन्।  


विभागले आज १२५ जनालाई उडाउने तयारी गरेको थियो । कोभिड–१९ का कारण संख्या घटेको हो । इजरायल लैजानी तयारी गरिएका २६ जना संक्रमित भएका थिए ।  दोस्रो चरणमा १६२ जना इजरायल उड्ने भएका छन् ।

सम्झौतापत्रमा हालसम्म ९९४ कामदारसँग सम्झौता भइसकेको छ । विभागले इजरायल रोजगारीका लागि एक हजार ६ सय जनाको अन्तिम छनोट गरेको थियो। त्यसमा इजरायलले ११ सय ७५ जना छनोट गरेको जनाइएको छ ।

इजरायल प्रस्थान गर्ने श्रमिकको अवधी पाँचवर्षको हुनेछ ।


Author

थप समाचार
x